क्रेनबाट रुस्तेम उमेरोभ र सेना प्रमुख कीएभ सैन्य प्रमुख अन्द्रिय ह्नातोभ वार्तामा सहभागी छन् ।
एजेन्सी — युक्रेनी राष्ट्रपति भोलोदमेर जेलेन्स्कीले युद्ध अन्त्य गर्ने विषयमा अमेरिकाको मध्यस्थतामा चलिरहेको संवादमा राम्रो प्रगति भएको संकेत गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकोफ र ट्रम्पका ज्वाइँ जरेद कुस्नरसँग टेलिफोनमा निकै राम्रो कुराकानी भएको उनले बताए ।
अमेरिकाले रुस र युक्रेनबीच वार्ताको मध्यस्थता गरिरहेको छ । अघिल्लो सातामात्रै शान्ति वार्ताको प्रस्ताव लिएर अमेरिकी टोली मस्को पुगेको थियो । तर, रुसले केही बुँदामा आपत्ति जनाएपछि अमेरिकाले युक्रेनी टोलीसँग फ्लोरिडामा छलफल गरिरहेको छ ।
फ्लोरिडामा अमेरिका र युक्रेनका अधिकारीहरु छलफलमा जुटेको लगातार तीन दिन भइसकेको छ । युक्रेनबाट रुस्तेम उमेरोभ र सेना प्रमुख कीएभ सैन्य प्रमुख अन्द्रिय ह्नातोभ वार्तामा सहभागी छन् ।
यी सबै प्रयासका बाबजुद रुसले युक्रेनमाथिको आक्रमण बन्द गरेको छैन । शुक्रबार राति किभ क्षेत्रमा रुसले ड्रोन र मिसाइल आक्रमण गरेको थियो । क्षेत्रीय गभर्नर मिकोला कालाश्निकका अनुसार यसक्रममा तीन जना घाइते भएका छन् ।
