गोवास्थित नाइट क्लबमा आगलागीमा परेर २३ को मृत्यु 

टनामा मृत्यु भएकाहरुको शव पहिचान गर्ने कार्य चलिरहेको छ

मंसिर २१, २०८२

कान्तिपुर संवाददाता

एजेन्सी — गोवाको एक चर्चित नाइट क्लबमा आगलागी हुँदा पर्यटक, कर्मचारीसहित २३ जनाको मृत्यु भएको छ । शनिबार मध्यरात क्लबको किचेनमा ग्यास सिलिन्डर पड्किएर आगो फैलिएको अनुमान प्रहरीले लगाएको छ । 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यस घटनामा गहिरो दुःख प्रकट गरेका छन् । 

आगलागी नियन्त्रणमा आइसकेको गोवाका प्रहरी महानिर्देशक अलोक कुमारले बताए । घटनामा मृत्यु भएकाहरुको शव पहिचान गर्ने कार्य चलिरहेको उनले बताए । 

अरेबियन समुद्रको तट गोवा भारतका चर्चित पर्यटकिय स्थलमध्ये एक हो । 

यस वर्षको पहिलो ६ महिनाभित्र गोवामा झन्डै ५५ लाख पर्यटकले भ्रमण गरिसकेका छन् । त्यसमध्ये २७ लाख पर्यटक विदेशी हुन् ।

कान्तिपुर

Link copied successfully