रुसी राष्ट्रपति पुटिन दिल्लीमा, विमानस्थलमै स्वागत गर्न पुगे मोदी

पश्चिमा देशहरूले युक्रेनसँगको युद्धलाई लिएर रुससँग दूरी बढाइरहेका बेला पुटिनको भ्रमणलाई महत्त्वका साथ हेरिएको छ

मंसिर १८, २०८२

कान्तिपुर संवाददाता

Russian President Putin in Delhi, Modi arrives at the airport to welcome him

काठमाडौँ — रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भारतको राजधानी नयाँदिल्ली आइपुगेका छन् । राष्ट्रपति पुटिन २ दिने औपचारिक भ्रमणका क्रममा बिहीबार साँझ दिल्ली आइपुगेका हुन् ।

पुटिनलाई स्वागत गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नै इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । पुटिन करिब ४ वर्षपछि भारत भ्रमणमा आएका हुन् । 

२३औं भारत-रुस शिखर सम्मेलनमा सहभागी हुन आए पनि पुटिनको भ्रमणलाई लिएर निकै चर्चा भएको छ । खासगरी पश्चिमा देशहरूले युक्रेनसँगको युद्धलाई लिएर रुससँग दूरी बढाइरहेका बेला पुटिनको भ्रमणलाई महत्त्वका साथ हेरिएको हो ।

युक्रेन युद्धपछि रुसले अहिले वर्ल्ड-अर्डरमा शक्ति सन्तुलन परिवर्तन भएको कुरालाई विशेष जोड दिइरहेको छ । 

कान्तिपुर

Link copied successfully