युक्रेनले गर्‍यो रुसी तेल ट्यांकरमाथि हमला

२०२२ मा दुई देशबीच युद्ध सुरु भएययता हजारौं मानिस मारिएका छन्

मंसिर १४, २०८२

कान्तिपुर संवाददाता

Ukraine attacks Russian oil tanker

एजेन्सी — युक्रेनको सैनिक ड्रोनले ब्ल्याक सी हुँदै अघि बढेको रुसी ‘स्याडो फ्लिट’ मा रहेका तेलका दुईवटा ट्यांकरलाई निशाना बनाएको छ । रुसले अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने तेलको व्यापारलाई प्रभावित गर्न युक्रेनले यस्तो आक्रमण गरेको हो । 

टर्किस अधिकारीहरुका अनुसार शुक्रबार काइरोस र विराट नामक दुई ट्यांकरलाई निशाना बनाइएको हो ।  यी दुबै ट्यांकरमा गाम्बियाको झन्डा अंकित थियो । दुईवटै ट्यांकर टर्कीको तट हुँदै अघि बढ्दै थिए । 

सन् २०२२ मा दुई देशबीच युद्ध सुरु भएययता हजारौं मानिस मारिएका छन् । लाखौं मानिस घरबारविहिन भएका छन् । पछिल्लो समय अमेरिकाको मध्यस्थतामा दुबै देश शान्ति वार्ताका लागि सकारात्मक देखिएका छन् । तर युद्ध रोकिएको छैन । 

कान्तिपुर संवाददाता

Link copied successfully