श्रीलंकामा बाढीले कम्तिमा १ सय ५९ को मृत्यु, २ सयभन्दा धेरै बेपत्ता

१ लाख ८ हजारभन्दा धेरै मानिस राज्यले उपलब्ध गराएको अस्थायी सेल्टरमा बस्न बाध्य

मंसिर १४, २०८२

कान्तिपुर संवाददाता

At least 159 dead, more than 200 missing in Sri Lanka floods

एजेन्सी — श्रीलंकामा बाढीका कारण कम्तिमा १ सय ५९ जनाको मृत्यु भएको छ । पछिल्लो रिपोर्टअनुसार २ सयभन्दा धेरै बेपत्ता छन् । 

यस बाढीले २० हजारभन्दा धेरै घर ध्वस्त बनाएको छ । १ लाख ८ हजारभन्दा धेरै मानिस राज्यले उपलब्ध गराएको अस्थायी सेल्टरमा बस्न बाध्य रहेको विपद् व्यवस्थापन केन्द्रले जनाएको छ ।

स्थानीय अधिकारीहरुका अनुसार शनिबार आपत्काल घोषणा हुँदासम्म देशको झन्डै एक तिहाई भूभागमा विद्युत वा खानेपानी थिएन । केलानी नदीमा पानीको स्तर बढ्न थालेको छ ।  उद्धार टोलीलाई तयारी अवस्थामा राखिएको छ । 

क्यान्डी र बादुल्लामा सबैभन्दा धेरैजनाको मृत्यु भएको छ । 

कान्तिपुर

Link copied successfully