अग्निनियन्त्रकहरुले हरेक फ्ल्याटका कोठा–कोठामा पुगेर अवस्था जाँच गरिने बताएका छन्
एजेन्सी — हङकङमा आगो नियन्त्रणमा आउँदासम्म कम्तिमा ९४ जनाको मृत्यु भएको छ । त्यस्तै, ७६ जना घाइते छन् ।
घटनामा परेर ठूलो संख्यामा मानिस बेपत्ता भएका छन् । बुधबारदेखि ताई पो जिल्लामा लागेको आगो अहिले नियन्त्रणमा आइसकेको हङकङका स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।
अग्निनियन्त्रकहरुले हरेक फ्ल्याटका कोठा–कोठामा पुगेर अवस्था जाँच गरिने बताएका छन् ।
आगो लाग्दा आवासिय कम्प्लेक्समा कतिजना घरभित्रै थिए भन्ने अझै स्पष्ट छैन । पछिल्लो जनगणना रिपोर्टअनुसार झन्डै ४ हजार ६ सय मानिसहरु यस अपार्टमेन्टमा बस्ने गरेका थिए ।
