हङकङ आगजनीमा कम्तिमा ४४ को मृत्यु, २ सय ७९ अझै बेपत्ता

८ सयभन्दा धेरै अग्नि नियन्त्रकहरुलाई घटनास्थलमा खटाइएको छ ।

मंसिर ११, २०८२

कान्तिपुर संवाददाता

At least 44 dead, 279 still missing in Hong Kong arson

एजेन्सी — हङकङको ताई पो जिल्लास्थित सार्वजनिक हाउजिङ अपार्टमेन्टमा भएको आगजनीमा मृत्यु हुनेको संख्या ४४ पुगेको छ । त्यस्तै २ सय ७९ जना बेपत्ता छन् । 

अपार्टमेन्टमा राखिएका तारजाली र प्लास्टिकहरुका कारण आगो फैलिएको आशंका गरिएको छ । निर्माण कम्पनीका तीनजना कार्यकारीहरुलाई पक्राउ गरिएको छ । 

८ सयभन्दा धेरै अग्नि नियन्त्रकहरुलाई घटनास्थलमा खटाइएको छ । तर, १८ घण्टादेखि निरन्तर आगो लागिरहेकै छ । यसलाई सबैभन्दा गम्भीर अवस्था ‘लेभल फाइभ ब्लेज’ वर्गिकरण गरिएको छ  । मिडिया रिपोर्टका अनुसार एक बच्चा र जेष्ठ नागरिकलाई मध्यराति उद्धार गरिएको थियो । 

कान्तिपुर संवाददाता

Link copied successfully