युएस सिटिजनसिप तथा इमिग्रेशन सर्भिसेजले सुरक्षा तथा छनोट प्रक्रियालाई समिक्षा गर्नका लागि यस्तो निर्णय लिइएको बताएको छ ।
एजेन्सी — अमेरिकाले अफगानिस्तानबाट आउने सबैखाले अध्यागमन आवेदनमा तत्कालका लागि रोक लगाउने निर्णय गरेको छ ।
जसको अर्थ नयाँ भिसा प्रक्रियासहित अध्यागमनसँग सम्बन्धित सबै प्रक्रिया निलम्बन हुनेछ ।
ह्वाइट हाउस नजिकै दुई नेशनल गार्डमाथि भएको गोली प्रहारमा संलग्न भएको अभियोग लागेका व्यक्ति अफगानी नागरिक रहेको पहिचान भएपछि अमेरिकाले तत्कालका लागि प्रक्रिया निलम्बन गरेको हा ।
युएस सिटिजनसिप तथा इमिग्रेशन सर्भिसेजले सुरक्षा तथा छनोट प्रक्रियालाई समिक्षा गर्नका लागि यस्तो निर्णय लिइएको बताएको छ ।
आक्रमणमा परेर घाइते भएका नेशनल गार्डहरुको अवस्था गम्भिर छ । आक्रमणकारी सेप्टेम्बर २०२१ मा अफगानिस्तानबाट अमेरिका आएको स्थानीय अधिकारीहरुले बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस घटनालाई ‘आंतकवादी कार्य’ भन्दै निन्दा गरेका छन् ।
त्यस्तै, अमेरिकासँग विदेशी नागरिकहरुलाई हटाउनका लागि कुनै पनि कदम चाल्न सकिने बताएका छन् ।
