‘टाइम्स टप १०० फोटोज अफ २०२५’ मा नेपालमा जेन–जी प्रदर्शनका बेला जल्दै गरेको सिंहदरबार र सगरमाथामा आरोहीहरुको भीडको तस्बिर पनि समावेश भएका हुन् ।
काठमाडौँ — प्रतिष्ठित टाइम म्यागेजिनले सन् २०२५ का उत्कृष्ट १०० तस्बिर सार्वजनिक गरेको छ ।
'टाइम्स टप १०० फोटोज अफ २०२५' शीर्षकको वर्षका उत्कृष्ट फोटोको सूचीमा नेपालका दुई तस्बिरसमेत समावेश छन् ।
गत भदौ २३ गतेको जेन–जी आन्दोलनको भोलिपल्ट भदौ २४ गते नेपालको प्रमुख प्रशासनिक भवन सिंहदरबार जल्दै गरेको एएफपीका लागि प्रवीण रानाभाटले खिचेको तस्बिर र एपीका लागि कुङा शेर्पाले खिचेको सगरमाथामा आरोहीहरुको भीडको तस्बिर टाइम म्यागेजिनको वर्ष २०२५ का १०० उत्कृष्ट तस्बिरमा अटाएका हुन् ।
