हङकङको ताइ पो क्षेत्रमा भीषण आगलागी, १३ जनाको मृत्यु

आगलागी अत्यन्तै फैलिँदै गएपछि जिम्मेवार निकायले साँझ ६:२२ बजे आगलागीको खतरा स्तर पाँचसम्म बढाएको थियो ।

मंसिर १०, २०८२

रासस

Massive fire in Hong Kong's Tai Po area, 13 dead

हङकङ — हङकङको ताइ पो क्षेत्रमा बुधबार दिउँसो लागेको आगलागीमा १३ जनाको मृत्यु भएको छ । उक्त जानकारी हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख गरिएको हो ।

घटना दिउँसो २:५१ बजे सम्बन्धित कार्यालयलाई जानकारी गराइएको थियो ।

आगलागी अत्यन्तै फैलिँदै गएपछि जिम्मेवार निकायले साँझ ६:२२ बजे आगलागीको खतरा स्तर पाँचसम्म बढाएको थियो ।

उद्धार तथा नियन्त्रण कार्य अहिले पनि जारी रहेको जनाइएको छ ।

रासस

Link copied successfully