भियतनाममा ९८ जनाको मृत्यु भएको छ । त्यस्तै मलेसियामा १९ हजारभन्दा धेरै घरबारविहिन बनेका छन् ।
एजेन्सी — थाइल्यान्डको दक्षिणी क्षेत्रमा आएको बाढीले कम्तिमा ३३ जनाको मृत्यु भएको छ । १० वटा प्रान्तमा पूर्ण प्रभाव देखिएको छ ।
मलेसियासँग सीमा जोडिएको हात येई शहरमा ३ सय वर्षयता एकै दिन सबैभन्दा धेरै (३३५० एमएम) पानी परेको स्थानीय अधिकारीहरुले बताएका छन् ।
देशभर गरेर २० लाखभन्दा धेरै मानिस बाढीले प्रभावित छन् । ठूलो जनसंख्या सम्पर्कविहिन रहेको तथा उद्धार पुर्याउन कठिन भइरहेको रोयटर्स न्युज एजेन्सीले जनाएको छ । थाइल्यान्डको सेनाले हवाईजहाज र डुंगाहरु बोकेर उद्धार कार्यमा खटिएको जनाएको छ । उनीहरु खाद्यान्न बोकेर विभिन्न क्षेत्रतर्फ लागेका छन् ।
वर्षा र बाढीको प्रभाव भियतनाम र मलेसियामा पनि देखिएको छ । भियतनाममा ९८ जनाको मृत्यु भएको छ । त्यस्तै, मलेसियामा १९ हजारभन्दा धेरै घरबारविहिन बनेका छन् । उनीहरुलाई उद्धार गरेर विभिन्न सेल्टरहरुमा राखिएको छ ।
