बंगलादेशमा शुक्रबारको भूकम्पपछि पराकम्पन आउने क्रम जारी

शुक्रबार गएको ५.५ म्याग्निच्युडको भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ र सयौँ घाइते भएको प्रकोप व्यवस्थापन अधिकारी इस्तियाक अहमदले एएफपीलाई जानकारी गराए ।

मंसिर ६, २०८२

रासस

Aftershocks continue to hit Bangladesh after Friday's earthquake

ढाका — बंगलादेशको राजधानी ढाका नजिकै शुक्रबार गएको भूकम्पमा परी कम्तीमा १० जनाको मृत्यु भएको एक दिनपछि शनिबार न्यून म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय मौसम पूर्वानुमान विभागले जनाएको छ ।

शुक्रबार गएको ५.५ म्याग्निच्युडको भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ र सयौँ घाइते भएको प्रकोप व्यवस्थापन अधिकारी इस्तियाक अहमदले एएफपीलाई जानकारी गराए । 

भूकम्प ढाका र छिमेकी जिल्लाहरूमा महसुस गरिएको थियो, जसले भौतिक संरचनामा व्यापक विनाश निम्त्याएको बताइएको छ । विभागका टोरिफुल नेवाज कबिरले ढाकाबाट २९ किलोमिटर टाढा रहेको नरसिङ्दी जिल्लाको पलास सहरमा शनिबार पनि केही साना परकम्प गएका जानकारी दिए ।

विभागले शुक्रबारको भूकम्पको केन्द्रबिन्दु राजधानीको उत्तरमा रहेको अशुलियामा रहेको बताएको थियो ।

ठूला भूकम्पपछि पराकम्प आउनु सामान्य कुरा हो, तर कमजोर भौतिक संरचना रहेका बंगलादेशका ग्रामिण तथा शहरी क्षेत्रमा समेत यसले अझ ठूलो विपत्तिको डर थपेको छ ।

शुक्रबारको भूकम्पको केन्द्रबिन्दु नजिकै बस्ने ४४ वर्षीया उनले एएफपीसँग आफूले यस्तो भूकम्प कहिल्यै अनुभव नगरेको बताए । 

सरकारले क्षतिको परिमाण आँकलन गर्न र राहत तथा उद्धारमा समन्वय गर्न बंगलादेशको आपतकालीन सेवा केन्द्रलाई सक्रिय पारेको छ ।

 मौसम विभागको भूकम्प अवलोकन तथा अनुसन्धान केन्द्रका रुबायत कबिरका अनुसार १७ करोड जनसंख्या भएको बंगलादेशको भूगोल भूकम्पका लागि जोखिमयुक्त मानिन्छ ।

रासस

Link copied successfully