लडाकू समूह पाकिस्तानी तालिवान र यससँग सम्बद्ध समूह रहेको सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
इस्लामावाद — अफगानिस्तानको सीमा क्षेत्रमा गत साता आत्मघाती आक्रमण गरी १२ जनाको मृत्यु भएपछि पाकिस्तानी सेनाले गरेको कारबाहीमा कम्तीमा ३० विद्रोही लडाकुको मृत्यु भएको छ ।
लडाकू समूह पाकिस्तानी तालिवान र यससँग सम्बद्ध समूह रहेको सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ । मृतक लडाकूमध्ये २३ जनाको खैबर पख्तुनख्वा राज्यको कुराम जिल्लामा मृत्यु भएको हो भने अन्य तीन जनाको मोहमन्द, लक्की र ट्यांकमा मृत्यु भएको हो ।
पाकिस्तानले आतंकवादविरुद्धको आक्रमण जारी राख्ने बताएको छ ।
गत महिना पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा भएको लडाइँ भएको थियो भने तत्काल दुवै देशको सहमतिमा युद्धबिराम भएको थियो तर दुई देशबीच आक्रमणलाई लिएर आरोप प्रत्यारोप भने चलिरहेको छ ।
