रुसको हमलाबाट युक्रेनमा कम्तिमा २० को मृत्यु

सामाजिक सञ्जालमा पोस्ट गरिएका तस्विरमा भवन र कारहरु जलिरहेका देखिन्छन् ।

मंसिर ३, २०८२

कान्तिपुर संवाददाता

At least 20 killed in Ukraine in Russian attack

What you should know

एजेन्सी — युक्रेनका पश्चिमी भूभागमा रुसले गरेको ड्रोन तथा मिसाइल हमलाबाट तेर्नोपिल शहरमा कम्तिमा २० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई बालबालिका समेत छन् ।

युक्रेनी अधिकारीहरुका अनुसार सन् २०२२ मा युद्ध सुरू भएयता पश्चिमी शहरमा भएको यो सबैभन्दा ठूलो हमला रहेको बताए । यसक्रममा १६ बालबालिकासहित ६६ जना घाइते भएको युक्रेनी अधिकारीहरुले बताएका छन् । 

रुसले पश्चिमी क्षेत्रकै अन्य दुई शहर ल्विव र इभानो फ्रान्किस्कमा पनि हमला गरेको छ । त्यस्तै उत्तरी क्षेत्रको खार्किभ शहरमा पनि ड्रोन आक्रमण भएको छ ।

यहाँ ३० जना घाइते भएका छन् । सामाजिक सञ्जालमा पोस्ट गरिएका तस्विरमा भवन र कारहरु जलिरहेक देखिन्छन् । युक्रेनका विभिन्न क्षेत्रमा विद्युत अवरोध भएको उर्जामन्त्रीले जानकारी दिएका छन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले ४ सय ७० भन्दा धेरै ड्रोन र ४७ मिसाइल आक्रमण गरेको बताएका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully