मेक्सिकोका जेन-जी आन्दोलनमा, कम्तिमा १ सय २० जना घाइते

देशमा जारी भ्रस्टाचार, हत्या–हिंसा रोक्न नसकेको भन्दै जेन जी पुस्ताले राष्ट्रपति क्लाउडिया शेनबाउमको राजीनामा मागेका छन्

कार्तिक ३०, २०८२

कान्तिपुर संवाददाता

At least 120 injured in Mexico's Gen Z protests

एजेन्सी — मेक्सिकोमा जेन जीले निकालेको सरकारविरोधी प्रदर्शनमा झडप हुँदा कम्तिमा १ सय २० जना घाइते भएका छन् । यसक्रममा झन्डै १ सय जना प्रहरी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले जनाएको छ ।

 मेक्सिकोमा जेन जी पुस्ताले निकालेको सरकारविरोधी प्रदर्शनमा झडप हुँदा कम्तिमा १ सय २० जना घाइते भएका छन् । यसक्रममा झन्डै १ सय जना प्रहरी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले जनाएको छ । 

शनिबार प्रदर्शनका लागि हजारौं जना मेक्सिकोको राजधानीमा भेला भएका थिए । उनीहरुले  देशमा जारी भ्रस्टाचार, हत्या–हिंसा रोक्न नसकेको भन्दै उनीहरुले राष्ट्रपति क्लाउडिया शेनबाउमको राजीनमा मागेका छन् । 

मेक्सिकोमा पछिल्लो समय हाइ–प्रोफाइल व्यक्तिहरुको हत्या भइरहेको छ । केही साताअघि मात्रै युरापानका मेयर कार्लोस मान्जोको हत्या भएको थियो । शेनबाउमले आफ्नो विपक्षमा रहेका दक्षिणपन्थी राजनीतिज्ञहरुले आन्दोलनकारीलाई उक्साएको बताएकी छिन् । 

कान्तिपुर

Link copied successfully