कृषि क्षेत्रमा पुगेको विपद्को क्षति न्युनीकरण गर्न डिजिटल रुपान्तरण महत्वपूर्ण हुने प्रतिवेदनमा उल्लेख छ ।
What you should know
‘कृषि तथा खाद्य सुरक्षामा विपद्को प्रभाव २०२५’ नामक प्रतिवेदनले यस्तो तथ्य उजागर गरेको हो । यसमा डिजिटल प्रविधिको रुपान्तरण, सरकार र समुदायले गरिरहेका पहललगायत विषय उल्लख छ ।
‘वैश्विक कृषि क्षेत्र एउटा गम्भीर मोड छ । यसले विपद्का अनगिन्ती प्रहार सहेको छ । यही समय डिजिटल प्रविधिमा राम्रो प्रगति गरिरहेको छ । जसले विपद्का जोखिमलाई बुझ्न, अनुमान लगाउन र व्यवस्थापन गर्नका लागि नयाँ संभावनाका ढोका खोलेको छ,’ प्रतिवेदनमा उल्लेख छ ।
सन् १९९१ देखि २०२३ सम्म ४ दशमलव ६ बिलियन टन अन्न र २ दशमलव ८ बिलियन टन फलफूल तथा तरकारी विपद्का कारण क्षति भएको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै पशुपालनमा भएको क्षतिले ९ सय मिलियन टन मासु तथा डेरीजन्य सामाग्रीको घाटा लागेको छ ।
प्रतिवेदनमा सबैभन्दा धेरै क्षति एशिया महादेशमा पुगेको उल्लेख छ । कृषि क्षेत्रमा पुगेको विपद्को क्षति न्युनीकरण गर्नका लागि डिजिटल रुपान्तरण महत्वपूर्ण हुने प्रतिवेदनमा उल्लेख छ ।
एआई, रिमोट सेन्सिङ, मोबाइल कनेक्टिभिटी, ड्रोन र सेन्सरको प्रयोगले विपद्को पूर्वानुमान लगाउन तथा सतर्क रहन सहयोग गर्ने यसमा उल्लेख छ ।
