बोस्नियाको वृद्धाश्रममा आगलागी, मृत्यु हुनेको संख्या १५ पुग्यो

टुज्ला विश्वविद्यालय क्लिनिकल केन्द्रले शुक्रबार थप दुई घाइतेको मृत्यु भएको पुष्टि गरेपछि मृतक संख्या बढेको हो ।

कार्तिक २८, २०८२

रासस

साराजेभो — बोस्नियाको टुज्ला सहरस्थित वृद्धाश्रममा नोभेम्बर ४ का साँझ भएको विनाशकारी आगलागीबाट मृत्यु हुनेको संख्या १५ मा पुगेको छ ।

टुज्ला विश्वविद्यालय क्लिनिकल केन्द्रले शुक्रबार थप दुई घाइतेको मृत्यु भएको पुष्टि गरेपछि मृतक संख्या बढेको हो ।

आगलागी वृद्धाश्रमको सातौँ तल्लाबाट सुरु भएको थियो, जहाँ अधिकांश बसोबास गर्नेहरू बिरामी र ओछ्यानमै रहेका वृद्धवृद्धा थिए । घटनाको राति नै ११ जनाको मृत्यु भएको थियो, जसमध्ये धेरैजसोको मृत्यु धुवाँसेवनका कारण भएको प्रारम्भिक पोस्टमार्टमले देखाएको छ । अन्य घाइतेहरु उपचारका क्रममा अस्पतालमै निधन भए ।

अहिलेसम्म पाँच जना घाइते उपचाररत छन्, जसमध्ये दुई जनाको अवस्था चिन्ताजनक छ । अभियोजन पक्षकाअनुसार आगलागीको कारण एउटा कोठामा रहेको रेडियोमा जडान गरिएको बिग्रिएको विद्युत् केबल भएको विज्ञहरूले पुष्टि गरेका छन् ।

घटनामा प्रहरी, दमकलकर्मीसहित ३० भन्दा बढी व्यक्ति घाइते भएका थिए ।

रासस

Link copied successfully