भेनेजुएलासँग तनावकैबीच अमेरिकाको युद्धपोत क्यारिबियन क्षेत्रमा तैनाथ

राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिनामा यस स्ट्राइक फोर्सलाई क्यारेबियन क्षेत्रमा तैनाथ गर्न आदेश दिएका थिए ।

कार्तिक २६, २०८२

कान्तिपुर संवाददाता

US warship deployed to Caribbean amid tensions with Venezuela

काठमाडौँ — विश्वको सबैभन्दा ठूलो युद्धपोत ‘यूएसएस जेरल्ड आर फोर्ड’को नेतृत्वमा अमेरिकाको नौसैनिक स्ट्राइक फोर्स क्यारेबियन सागरमा पुगेको छ । अमेरिकी नौसेनाले यसको पुष्टि गरेको हो । 

राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिनामा यस स्ट्राइक फोर्सलाई क्यारेबियन क्षेत्रमा तैनाथ गर्न आदेश दिएका थिए ।

ड्रग्स ओसार पसारको आरोपमा अमेरिकाले आक्रमण गरिरहेका बेला यो फोर्सलाई तैनाथ गरिएको हो । डुंगामा ड्रग्स ओसार पसारलाई लिएर अमेरिका र भेनेजुएलाबीच तनाव जारी छ । 

अहिलेसम्म अमेरिकाले क्यारेबियन र पूर्वी प्रशान्त क्षेत्रमा कम्तिमा १९ पटक आक्रमण गरेको छ । जसमा कम्तिमा ७६ जना मारिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसीले जनाएको छ । 

भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र अन्य अधिकारीहरुले अमेरिकाविरुद्ध वामपन्थी समाजवादी सरकार ढाल्न खोजेको आरोप लगाएका छन् ।

कान्तिपुर

Link copied successfully