बंगलादेशमा शृंखलावृद्ध बिस्फोटपछि सुरक्षा व्यवस्था कडा 

बंगलादेशमा विगत तीन दिनयता शृंखलावद्ध बिस्फोट तथा आगजनीका घटना भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

कार्तिक २६, २०८२

कान्तिपुर संवाददाता

Security tightened in Bangladesh after series of blasts

What you should know

एजेन्सी — पछिल्ला डेढ महिनामा प्रदर्शनका लागि भड्काउन खोज्ने ५ सय ५२ जनालाई व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बंगलादेशमा  विगत तीन दिनयता शृंखलावद्ध बिस्फोट तथा आगजनीका घटना भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । यहाँ उग्रवादीहरुले तथा बसहरुमा क्रुड बम फालेका थिए । 

बंगलादेशी सञ्चारमाध्यम द डेल्ली स्टारका अनुसार पछिल्ला आइतबार र सोमबारमात्रै १७ ठाउँमा बम फालिएको छ भने ९ वटा गाडीमा आगजनी भएको छ । पछिल्ला २४ घण्टामा ५० जना शंकास्पद व्यक्ति पक्राउ परेको पनि समाचार उल्लेख छ । पछिल्ला डेढ महिनामा प्रदर्शनका लागि भड्काउन खोज्ने  ५ सय ५२ जनालाई व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

सोमबार मिरपुरमा मुख्यालय रहेको ग्रामिण विकास बैंक तथा राजधानीका ढाकाका विभिन्न अस्पताल र बजारमा बम फालिएको थियो । त्यस्तै ठूलो संख्यामा बस तथा निजी सवारी जलाइएको छ । राष्ट्रिय नागरिक पार्टीको कार्यालयमा आक्रमण हुँदा त्यहाँ रहेका एक मानिस घाइते भएका छन् । मंगलबार सबेरै (३ बजेर १५ मिनेट जाँदा ) उत्तरी बंगलादेशको माइमेनसिंहस्थित बसपार्कमा एक बसमा आगजनी हुँदा त्यही निदाइरहेका ड्राइभर झुलहास मियाको जलेर मृत्यु भएको छ । बसमा रहेकी एक महिला र उनका छोरा आगजनीले गम्भीर घाइते छन् र उनीहरुलाई ढाकामा उपचारका लागि ल्याइएको छ । 

अन्य घटनामा पनि धेरै सर्वसाधारण घाइते भएका छन् । बंगलादेशमा आगामी फेब्रुअरीमा आम चुनाव हुँदैछ । तर, आन्दोलनपछि देशबाट भागेकी पूर्व प्रधानमन्त्री शेख हसिना नेतृत्वको अवामी लिग पार्टीलाई यस चुनावमा सहभागी हुन दिइएको छैन । यस पार्टीका राजनीतिक गतिविधिमाथि पनि रोक लगाइएको छ । यसको विरोधमा बिहीबारका लागि अवामी लिगले ढाका बन्द आव्हान गरेको छ । 

सरकारले कडा निगरानी गर्ने 

बंगलादेशका सरकारी अधिकारीहरुले बन्दलाई निष्प्रभावी बनाउन सुरक्षा व्यवस्था कडा पारेका छन् । बंगलादेशको गृहमन्त्रालयका सल्लाहकार जहानगिर आलम चौधरीले देशभर सुरक्षाकर्मीले गस्ती गरिरहेको बताए । सरकारी भवनको सुरक्षा व्यवस्था पनि बढाइएको उनले बताए । 

उनले अवामी लिग पार्टीको बन्दले कुनै असर नगर्ने दाबी पनि गरे । 

कान्तिपुर संवाददाता

Link copied successfully