स्वास्थ्य सामाग्री खरिद गर्ने नाममा चिनियाँ सर्वसाधारणसँग ठगी
What you should know
एजेन्सी — चीनमा झन्डै १ लाख २८ हजार सर्वसाधारणले कियानको कम्पनीमा लगानी गरेका थिए । २०१४ देखि २०१७ सम्म चीनमा लगानी उठाएपछि त्यहाँबाट नक्कली पासपोर्ट बनाएर उनी सेप्टेम्बर २०१७ मा उत्तरी लण्डन आइपुगेकी थिइन् ।
स्वास्थ्य सामाग्री खरिद गर्ने नाममा चिनियाँ सर्वसाधारणसँग असुलेको पैसा क्रिप्ट्रो करेन्सीमा लगानी गरेकी चिनियाँ महिला कियान झिमिन सम्पत्ति शुद्धीकरण मुद्दामा ११ वर्ष ८ महिना जेल गएकी छिन् । बेलायतको साउथवार्क क्राउन कोर्टले मंगलबार उनलाई जेल पठाउने फैसला गरेको हो । २९ सेप्टेम्बरमा उनले आफ्नो गल्ती स्विकारेकी थिइन् ।
चीनमा झन्डै १ लाख २८ हजार सर्वसाधारणले उनको कम्पनीमा लगानी गरेका थिए । २०१४ देखि २०१७ सम्म चीनमा लगानी उठाएपछि त्यहाँबाट नक्कली पासपोर्ट बनाएर उनी सेप्टेम्बर २०१७ मा उत्तरी लण्डन आइपुगेकी थिइन् । त्यहाँ ह्याम्पस्टिडस्थित एक बंगलामा बसेकी कियानको जीवनशैली निकै आलिनसान थियो ।
झन्डै ६ वर्षसम्म नक्कली कागजातसहित यहाँ बसेकी उनलाई अप्रिल २०२४ मा बेलायती प्रहरीले उनलाई पक्राउ गरेको थियो । त्यसबेला उनको घरमा जफत गरिएको हार्ड ड्राइभ अनुसन्धान गर्दा उनीसँग दशौं हजार बिटक्वाइट रहेको पाइएको थियो । बेलायती इतिहासमै कुनै एक व्यक्तिले क्रिप्टोकरेन्सीमा यति ठूलो घोटाला गरेको यो पहिलो सार्वजनिक घटना थियो ।
यतिबेलासम्म क्रिप्टोकरेन्सीमा उनको लगानी झन्डै ६ अर्ब अमेरिकी डलर बराबर पुगिसकेको थियो । उनले उच्च प्रविधियुक्त स्वास्थ्य सामाग्री विकास गर्ने भन्दै उठाएको पैसा क्रिप्टोकरेन्सीमा लगाएकी थिइन् । कम्पनीमा लगानी गरेका चीनियाँ सर्वसाधारणले आफ्नो पैसा फिर्ता पाउने आशा बीबीसी वल्र्डसँगको कुराकानीमा व्यक्त गरेका छन् । यदी सम्पत्तिमा आधिकारीक दाबी नगरिएमा त्यो बेलायती सरकारको खातामा जान्छ । यहीकारण, यस विवादबाट बेलायतले फाइदा उठाउनसक्ने आशंका पनि कतिपयको छ ।
‘हामीले सबै प्रमाण एकजुट गर्नसक्छौं र हामीलाई बेलायत सरकार, शाही अभियोजक सेवा र उच्च अदालतले करुणा देखाउँछ भन्ने छ ।’
उनले महँगा गहगहना लगाउने गरेको प्रहरीले बताएको छ । बेलायतमै एकजना सहयोगी राखेर उनले क्रिप्टोकरेन्सी कारोबारमार्फत नगद र अन्य सम्पत्ति लिने गरेकी थिइन् ।
