क्याबेरियन समुद्र आसपास रहेका बेलायती सैन्य अखडाले वर्षौदेखि वर्षौदेखि ड्रग्स बोकेर आएका शंकास्पद डुंगाको सुचना अमेरिकी सेनालाई दिदैं आएको थियो ।
What you should know
एजेन्सी — सुचना दिएका डुंगालाई कुनै छानविन बिना नै अमेरिकाले निशाना बनाउनसक्ने डर बेलायतलाई छ । गत सेप्टेम्बरयताको अमेरिकी सैन्य हमलामा अहिलेसम्म ७६ जनाको मृत्यु भइसकेको छ ।
ल्याटिन अमेरिकामा ड्रग्स तस्करीका लागि प्रयोग हुने डुंगाहरुको गोप्य विवरण बेलायती सेनाले विगत एक महिनादेखि अमेरिकालाई दिन बन्द गरेको खुलासा अमेरिकी सञ्चारमाध्यम सीएनएनले गरेको छ ।
क्याबेरियन समुद्र आसपास रहेका बेलायती सैन्य अखडाले वर्षौदेखि वर्षौदेखि ड्रग्स बोकेर आएका शंकास्पद डुंगाको सुचना अमेरिकी सेनालाई दिदैं आएको थियो । यो सुचना प्रायजसो संयुक्त इन्टर एजेन्सी टास्क फोर्स साउथमा पुग्ने गरेको थियो ।
फ्लोरिडामा तैनाथ यस टास्क फोर्समा अमेरिका र उसका साझेदार देशहरुका प्रतिनिधिहरु सम्मिलित छन् । यसले अवैध ड्रग्स कारोबार न्युनीकरण गर्ने काम गर्छ । विगतमा अमेरिकी तटरक्षकले डुंगा रोक्ने, यसका चालकहरुलाई नियन्त्रणमा राख्ने र ड्रग्स जफत गर्ने गरेका थिए । तर गत सेप्टेम्बरयता अमेरिकाले डुंगाहरुमा घातक हमला गरेसँगै बेलायतले सुचना दिन बन्द गरेको हो ।
आफुले सुचना दिएका डुंगालाई कुनै छानविन बिना नै अमेरिकाले निशाना बनाउनसक्ने डर बेलायतलाई छ । अमेरिकी सैन्य हमलामा अहिलेसम्म ७६ जनाको मृत्यु भइसकेको छ । बेलायती अधिकारीहरुले यसलाई गैरकानुनी ठानेका छन् । त्यहीकारण गोप्य सुचना दिन बन्द गरिएको उनीहरुले सीएनएनलाई बताएका छन् ।
संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुख भोल्कर तुर्कले गत महिना अमेरिकाले अन्तर्राष्ट्रिय कानुन उल्लघंक गरे भन्दै आपत्ति जनाएका थिए ।
यस विषयमा सीनएनएनले प्रतिक्रिया लिन खोज्दा वासिङटनस्थित बेलायती दूतावास र ह्वाइटहाउड दुबैले कुनै प्रतिक्रिया दिएनन् । पेन्टागनका एक अधिकारीले भने, 'हाम्रो विभागले गुप्तचरका विषयमा बोल्न मिल्दैन ।'
