अमेरिकामा तीन दिनदेखि उडान कटौती, दोस्रो दिन १ हजार ४ सय विमान स्थगित

यसअघि पहिलो दिन शुक्रबार ७ हजारभन्दा धेरैले ढिला उडान भरेको ट्रयाकर फ्लाइटओभरले जनाएको छ ।

कार्तिक २३, २०८२

एजेन्सी

Flight cuts in US for three days, 1,400 flights cancelled on second day

What you should know

काठमाडौँ — अमेरिकामा  सटडाउनले सिर्जित आर्थिक तथा प्रशासनिक स‌ंकटका कारण विमानस्थलमा उडान कटौती भएको आज तेस्रो दिन पुगेको छ ।

दोस्रो दिन शनिबार १४ सयभन्दा धेरै उडानहरु स्थगित गरिएको छ । ६ हजारभन्दा धेरै विमानले निर्धारित समयभन्दा ढिला उडान भरेका छन् । 

यसअघि पहिलो दिन शुक्रबार ७ हजारभन्दा धेरैले  ढिला उडान भरेको ट्रयाकर फ्लाइटओभरले जनाएको छ ।

संघीय उड्डन प्रशासन (एफएए) ले यस साताको सुरुमा व्यस्त ४० विमानस्थलहरूमा १० प्रतिशतसम्म उडान कटौती गरिने योजना सार्वजनिक गरेको थियो । सटडाउनका कारण लामो समयदेखि तलब नलिई काम गरिरहेका ट्राफिक कन्टोलर्सहरुमाथिको दबाब र कामको बोझ कम गर्न यस्तो निर्णय गरिएको एफएएले जनाएको थियो ।

अमेरिकामा सत्ता र विपक्षीबीच चलेको गतिरोध अझै अन्त्य हुन नसक्दा सटडाउन आइतबार ४० औं दिनमा प्रवेश गरेको छ । सिनेटरहरु सदन खुल्ने समझदारी निर्माणका लागि वासिङटनमा वार्तामा छन् ।

सदन अवरुद्ध हुँदा आपतकालीनबाहेक सरकारका प्रायः सबै सेवा प्रभावित छन् । झन्डै १४ लाख संघीय कर्मचारीले तलब खान पाएका छैनन् । तलब ढिला भएपछि विमानस्थलमा केही कर्मचारी बिदा बसेका छन् । 

केही अतिरिक्त काममा लागेका छन् । त्यहीकारण सक्रिय रुपमा कार्यरतमाथि कामको बोझ बढेको छ । उनीहरुमाथिको चाप कम गर्न एफएएले बिहीबार विमान कटौतीको घोषणा गरेको थियो ।

शुक्रबार ४ प्रतिशत उडान कटौती गर्दै अघि बढाइएको यस योजनाअन्तर्गत ११ नोभेम्बरमा ६%, १३ नोभेम्बरमा ८%, र १४ नोभेम्बरमा १०% उडान कटौती हुनेछन् ।

एजेन्सी

Link copied successfully