आँधीबाट भियतनाममा कम्तीमा ५ र फिलिपन्समा कम्तीमा १ सय ८८ जनाको मृत्यु

आँधीका कारण भियतनाममा ५ लाख र फिलिपिन्समा दसौं हजारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

कार्तिक २१, २०८२

कान्तिपुर संवाददाता

At least 5 dead in Vietnam, 188 in Philippines due to typhoon

काठमाडौँ — काल्गेमी आँधीले भियतनाममा कम्तीमा ५ र फिलिपन्समा कम्तीमा १ सय ८८ जनाको मृत्यु भएको छ ।

आँधीबाट प्रभावितहरुको उद्धारका लागि भियतनाम सरकारले झन्डै २ लाख ६० हजार सैनिक, ६७ सय गाडी र ६ वटा विमान उद्धार तथा राहतका लागि परिचालन गरेको छ ।

आँधीका कारण मध्य भियतनामका केही स्थानमा भने पहिरोसमेत गएको छ ।  राजधानी होचि मिन्ह सहरबाट ३ सय ५० किलोमिटरको दुरीमा रहेको डाक लाक प्रान्तमा आँधीको सबैभन्दा ठूलो प्रभाव परेको छ ।एसोसिएट प्रेसका अनुसार अविरल वर्षा र आँधीका कारण ५ लाखभन्दा धेरै स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ ।

सीएनएनका अनुसार आँधीबाट फिलिपिन्सको पर्यटकीय केन्द्र रहेको सेबु प्रान्तमा सबैभन्दा धेरै प्रभाव परेको छ । त्यहाँबाट दसौं हजार स्थानीयलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully