न्यूयोर्कमा ममदानी मेयर बने भने केन्द्रीय अनुदान दिन मेरा लागि मुस्किल हुनेछ : ट्रम्प

एक टेलिभिजनमा अन्तर्वार्ता दिँदै ट्रम्पले भने, ‘राष्ट्रपति भएका नाताले न्यूयोर्कमा धेरै रकम पठाउनु मेरा लागि मुस्किल हुनेछ । किनकी यदि न्यूयोर्क एक कम्युनिष्टको हातमा गयो भने त्यहाँ पठाइने पैसा बेकार हुनेछ ।’

कार्तिक १८, २०८२

कान्तिपुर संवाददाता

If Mamdani becomes mayor of New York, it will be difficult for me to provide federal funding: Trump

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यूयोर्क सहरको मेयरमा वामपन्थी उम्मेदवार जोहरान ममदानी निर्वाचित भएको खण्डमा न्यूयोर्कलाई केन्द्रीय अनुदान पठाउन मुस्किल हुने बताएका छन् । 

एक टेलिभिजनमा अन्तर्वार्ता दिँदै ट्रम्पले भने, ‘राष्ट्रपति भएका नाताले न्यूयोर्कमा धेरै रकम पठाउनु मेरा लागि मुस्किल हुनेछ । किनकी यदि न्यूयोर्क एक कम्युनिष्टको हातमा गयो भने त्यहाँ पठाइने पैसा बेकार हुनेछ ।’

ट्रम्प प्रशासनले पहिले पनि कैयौं पटक डेमोक्रेट्सको नियन्त्रण रहेका क्षेत्रमा चलिरहेका योजनाहरुको केन्द्रीय अनुदान कम गर्ने कोसिस गरिसकेको छ ।

ओपिनियन्स पोल्सका अनुसार मंगलबार हुने मतदानअघि नै जोहरान ममदानी आफ्ना मुख्य प्रतिद्वन्द्वी, न्यूयोर्कका पूर्व गभर्नर एन्ड्रयू कुओमोभन्दा अगाडि देखिएका छन् । 

तर चुनावमा ममदानीले जित हासिल गरेको खण्डमा अनुदानलाई लिएर उनको वक्तव्य कसरी र कुन तरिकाले लागू हुनेछ र कस्ता कदम उठाइने भन्ने कुरा स्पष्ट पारेका छैनन् । 

कान्तिपुर संवाददाता

Link copied successfully