तेहरानमा ‘रिजर्भ’ खानेपानी दुई साताभित्रै सकिने चेतावनी

एक वर्षअघि अमिर कबिर ड्याममा ८६ मिलियन क्युविक मिटर पानी जम्मा थियो । यही अवस्था कायम रहेमा थप दुई सातामात्रै तेहरानमा पानी पुर्‍याउन सकिने उनले बताए ।

कार्तिक १७, २०८२

कान्तिपुर संवाददाता

Tehran warns that 'reserve' drinking water will run out within two weeks

तेहरान — इरानको राजधानी सहर तेहरानमा दुई साताभित्रै खानेपानीको समस्या सुरु हुनसक्ने चेतावनी सरकारी अधिकारीहरुले दिएका छन् ।

तेहरानमा पानी सप्लाई हुने पाँच ट्यांकीमध्ये एक अमिर कबिर ड्याममा १४ मिलियन क्युविट मिटर पानीमात्रै रिजर्भ रहेको त्यहाँको खानेपानी कम्पनीका निर्देशक बेहजाद पर्साले बताएका छन् । यो कुल सामर्थ्यको केवल ८ प्रतिशतमात्रै हो ।

अन्य चार ट्यांकीको अवस्थाबारे भने उनले खुलाएका छैनन् । एक वर्षअघि अमिर कबिर ड्याममा ८६ मिलियन क्युविक मिटर पानी जम्मा थियो । यही अवस्था कायम रहेमा थप दुई सातामात्रै तेहरानमा पानी पुर्‍याउन सकिने उनले बताए ।

तेहरानमा पछिल्लो समय खडेरी छ । १ करोडभन्दा धेरै मानिस बसोबास गर्ने तेहरान प्रान्तमा अल्बोर्ज हिमाल पग्लेर बग्ने हिमनदी नै खानेपानीका प्रमुख स्रोत हुन् । स्थानीय मिडियाका अनुसार तेहरानको जनसंख्याले दैनिक ३ मिलियन क्युविक पानी खपत गर्छ । 

गत जुलाई र अगस्टमा इरानमा पानी र ऊर्जा बचत गर्ने लक्ष्यले दुई दिन सार्वजनिक बिदा दिइएको थियो । इरानमा पछिल्लो समय गर्मी उच्च छ र वर्षा भएको छैन । तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । केही इलाकामा ५० डिग्री सेल्सियस पार गरेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully