तान्जानियामा निर्वाचनपछि हिंसा भड्किँदा सयौंको मृत्यु 

बेलायती सञ्चारमाध्यम बीबीसीले कुटनीतिक स्रोतलाई उदृत गर्दै कम्तिमा ५ सय जनाको मृत्यु भएको बताएको छ ।

कार्तिक १५, २०८२

एजेन्सी

Hundreds killed in post-election violence in Tanzania

काठमाडौँ — तान्जानियामा निर्वाचनपछि हिंसा भड्किँदा तीन दिनको अवधिमा सयौंको मृत्यु भएको छ ।

बेलायती सञ्चारमाध्यम बीबीसीले कुटनीतिक स्रोतलाई उदृत गर्दै कम्तिमा ५ सय जनाको मृत्यु भएको बताएको छ । तान्जानियाको विपक्षी चादेमा पार्टीका प्रवक्ताले एएफपीसँगको कुराकानीमा झण्डै ७ सयको मृत्यु भइसकेको बताएका छन् ।

गत बुधबार निर्वाचन सम्पन्न भएयता यहाँ हिंसा भड्किएको छ । सुरक्षाकर्मीसँगको झडपमा ठूलो संख्यामा प्रदर्शनकारीको मृत्यु भएको हो । अस्थिरतापछि यहाँ सरकारले कर्फ्यु आदेश जारी गरेको छ । 

प्रदर्शनमा ठूलो संख्यामा युवाहरु सहभागी छन् । निर्वाचन निष्पक्ष हुन नसकेको भन्दै उनीहरुले प्रदर्शन सुरु गरेका हुन् । विपक्षीमध्ये एकजना नेता जेलमा छन् भने अर्का पार्टीका नेतालाई प्राविधिक कारण देखाएर निर्वाचनमा सहभागी हुन बन्देज लगाइएको थियो । 

जसकारण, राष्ट्रपति सामिया सुलुहु सहनको चामा चा मापिनदुजी (सीसीएम) पार्टीले मतपरिणाममा अगाडि रहने अनुमान लगाइएको छ ।

एजेन्सी

Link copied successfully