राष्ट्रपति ट्रम्पलाई दक्षिण कोरियाकै उच्च सम्मान

दक्षिण कोरियाको जियोन्जुमा आयोजित एपीईसी सीईओ सम्मेलनमा राष्ट्रपति ली जेई-मायुङले उत्तर कोरियासँग शान्तिका लागि ट्रम्पको भूमिका कदर गर्दै सम्मान प्रदान गरे।

कार्तिक १२, २०८२

एजेन्सी

President Trump receives South Korea's highest honor

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दक्षिण कोरियाको उच्च सम्मान ‘ग्रान्ड अर्डर अफ मुगुन्घ्वा’ पाउने पहिलो अमेरिकी नेता बनेका छन् । कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि गरेको पहलका लागि उनलाई यो सम्मान दिइएको हो ।

‘म यो तत्कालै पहिरिन चाहन्छु,’ दक्षिण कोरियाली राष्ट्रपति ली जेई–मायुङले पदक प्रदान गर्नासाथ ट्रम्पलाई भनेका छन् ।

दक्षिण कोरियाको जियोन्जु सहरमा आयोजित एसिया तथा प्रशान्त क्षेत्र आर्थिक सहयोग संगठन (एपेक) सीईओ सम्मेलनमा भाग लिन आएका बेला ट्रम्पलाई यो सम्मान प्रदान गरिएको हो ।

दक्षिण कोरियाका राष्ट्रपति लीले उत्तर कोरियासँगको विवादलाई समाधान गर्न ट्रम्पले खेलेको भूमिकाको कदर गरेका छन् । उनले पुनः यस्तै भूमिका खेल्न ट्रम्पसँग आग्रह पनि गरे ।

ट्रम्पले आफ्नो पहिलो कार्यकालमा कोरियाली प्रायद्वीपमा शान्ति कायम गर्ने पहलस्वरूप उत्तर कोरियाका नेता किम जोङ–उनसँग धेरैपटक वार्ता र छलफल गरेका थिए ।

एजेन्सी

Link copied successfully