क्युवातर्फ सर्‍यो मेलिसा आँधी, जमैकामा ठूलो क्षति

जमैकाका प्रधानमन्त्री एन्ड्रियु होलनेशले ‘विपद् क्षेत्र’ घोषणा गरेका छन् । उनले आँधीको प्रभाव प्रलयकारी हुनसक्नेभन्दै सचेत रहन अनुरोध गरेका छन् ।

कार्तिक १२, २०८२

कान्तिपुर संवाददाता

Hurricane Melissa moves towards Cuba, causing major damage in Jamaica

काठमाडौँ — एटलान्टिक समुद्री क्षेत्रमा चलेको अहिलेसम्मकै भीषण आँधी ‘मेलिसा’ जमैकाबाट क्युवातर्फ सरेको छ । क्युवामा यस आँधीको जोखिमलाई मध्यनजर गरेर ७ लाख घर खाली गरिएको छ ।

जोखिम क्षेत्रका मानिसहरुलाई अन्यत्र सारिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले क्युवाको ‘नेशनल हुरिकेन सेन्टर’ लाई उदृत गर्दै लेखेको छ, ‘यो  आँधीले क्युवामा चाडैं नै पहिरो ल्याउनेछ ।’

जमैकामा तीनको मृत्यु 

जमैकामा तीनजनाको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ । मृतकको संख्या बढ्नसक्ने बताइएको छ । जमैकाका प्रधानमन्त्री एन्ड्रियु होलनेशले ‘विपद् क्षेत्र’ घोषणा गरेका छन् । उनले आँधीको प्रभाव प्रलयकारी हुनसक्नेभन्दै सचेत रहन अनुरोध गरेका छन् । 

त्यहाँ यो आँधी ‘क्याटागोरी ५’ अर्थात् अति उच्च गतिमा रहेको बताइएको छ । जसकारण पहिरो निम्तिएर ठूलो क्षति भएको छ । रुखहरु ढलेका छन् भने धेरै ठाउँमा विद्युत् तथा इन्टरनेट बिग्रिएको छ ।

समुद्री तटमा रहेको न्यु होप शहरनजिक यो आँधिको गति १ सय ८५ माइल्स प्रतिघण्टा (२ सय ९५ किलोमिटर) मापन गरिएको थियो । ‘यस क्षेत्रमा त्यस्तो कुनै पूर्वाधार छैन, जो क्याटागोरी ५ को आँधीसामु खडा हुनसकोस्,’ प्रधानमन्त्री एन्ड्रियु होल्नेसले भने, ‘पुनर्निर्माण चुनौतीपूर्ण छ ।’

कान्तिपुर

Link copied successfully