मासाई मारा नेसनल रिजर्भतर्फ जाँदै गरेका विमानमा सवार पर्यटक यात्रुहरूको दुर्घटनामा परी मृत्यु भएको प्रहरीले जनाएको छ ।
नैरोबी(केन्या) — केन्याको तटीय काउन्टी क्वालेमा मंगलबार विमान दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
प्रसिद्ध मासाई मारा नेसनल रिजर्भको दियानीबाट किचवा टेम्बो जाँदै गरेको ५–वाई–सिसिए विमान दुर्घटनाग्रस्त भएको केन्या नागरिक उड्डयन प्राधिकरण (केसीएए) ले विज्ञप्तिमार्फत पुष्टि गरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनले पनि उक्त दुर्घटनामा विमानमा सवार १२ जनाकै मृत्यु भएको उल्लेख गरेको छ ।
'विमानमा १२ जना यात्रु रहेको पुष्टि गर्दै दुर्घटनाको कारण र यसको प्रभाव पत्ता लगाउनका लागि अनुसन्धान भइरहेको केसीएएले जनाएको छ ।
मासाई मारा नेसनल रिजर्भतर्फ जाँदै गरेका विमानमा सवार पर्यटक यात्रुहरूको दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
विमान मोम्बासा र देशका अन्य लोकप्रिय पर्यटकीय गन्तव्यहरू बीच सञ्चालन गर्ने एयरलाइन्सको भएको जनाइएको छ ।
