मलेसिया पुगे ट्रम्प, रातो कार्पेटमा स्वागत

मलेसियामा ट्रम्प एसोसिएशन अफ साउद इस्ट एसियन नेशन्स (आसियान) समिटमा पनि सहभागी हुनेछन् ।

कार्तिक ९, २०८२

कान्तिपुर संवाददाता

Trump arrives in Malaysia, welcomed on red carpet

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मलेसियाको राजधानी क्वालालम्पुर पुगेका छन् । 

उनी थाइल्यान्ड र कम्बोडियाबीच लामो समयदेखि जारी सीमा विवाद समाधानका लागि आयोजित शान्ति सम्झौतामा हस्ताक्षर समारोहमा सहभागी हुनेछन् ।

मलेसियामा ट्रम्प एसोसिएशन अफ साउद इस्ट एसियन नेशन्स (आसियान) समिटमा पनि सहभागी हुनेछन् । 

मलेसिया पुगेपछि ट्रम्पको स्वागतमा एक परम्परागत नृत्य प्रस्तुत गरिएको थियो भने ट्रम्पले कलाकारहरुसँगै नृत्यसमेत गरेका थिए । 

ट्रम्पको व्यापारिक दबाबका कारण जुलाईको अन्त्यमा थाइल्यान्ड र कम्बोडियाबीच पाँच दिन चलेको संघर्षमा विराम लागेको थियो । यस संघर्षका क्रममा एक दर्जनभन्दा बढीले ज्यान गुमाएका थिए । 

डोनाल्ड ट्रम्पको यस साताको एसिया भ्रमणलाई कैयौं देशहरुले चासोका साथ हेरेका छन् । यसै क्रममा ट्रम्पले चिनियाँ राष्ट्रपति शी जिनपिङसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ । 

कान्तिपुर

Link copied successfully