इजरायली संसद्ले वेस्ट ब्यांकमा इजरायली कानुन लागू गर्ने प्रस्तावसहितको विधेयकलाई प्रारम्भिक स्वीकृति दिएका बेला ट्रम्पको यस्तो भनाइ आएको हो ।
काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वेस्ट ब्यांकलाई लिएर चिन्ता गर्नु पर्ने अवस्था नरहेको बताएका छन् । राष्ट्रपति ट्रम्पले बिहीबार ह्वाइट हाउसमा वेस्ट ब्यांकमा इजरायललाई केही पनि गर्न नदिने बताएका हुन् ।
ट्रम्पले भनेका छन्, 'वेस्ट ब्यांकको चिन्ता नगर्नूस्, वेस्ट ब्यांकमा इजरायलले केही गर्दैन ।'
इजरायली संसद्ले वेस्ट ब्यांकमा इजरायली कानुन लागू गर्ने प्रस्तावसहितको विधेयकलाई प्रारम्भिक स्वीकृति दिएका बेला ट्रम्पको यस्तो भनाइ आएको हो । इजरायलको यो कदमलाई वेस्ट ब्यांक आफ्नो मुलुकमा गाभ्ने रणनीतिको पहिलो कदम मानिएको थियो ।
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पनि ट्रम्पकै नीति दोहोर्याउँदै भनेका छन्, 'यदि यो कुनै राजनीतिक स्टन्ट थियो भने मूर्खतापूर्ण हो । राष्ट्रपति ट्रम्प वेस्ट ब्यांक इजरायलमा गाभ्ने कुरालाई कुनै हालतमा स्वीकार्नु हुन्न ।'
