बीबीसीका अनुसार सुरुमा मोटरसाइकलसँग ठोक्किएर बस तेल ट्यांकरसँग ठोक्किएको थियो ।
काठमाडौँ — भारतको हैदराबादबाट बेंगलुरु गइरहेको बसमा आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । बीबीसी हिन्दीका अनुसार आगलागीमा परी केही यात्रु घाइते भएका छन् ।
शुक्रबार तड्के कर्नूल जिल्लाको टेकरूनजिकै दुर्घटना भएको हो । बसमा ४२ यात्रु थिए । केही घाइतेहरूको अवस्था गम्भीर रहेको छ । बीबीसी तेलुगूका अनुसार सुरुमा मोटरसाइकलसँग ठोक्किएर बस तेल ट्यांकरसँग ठोक्किएको थियो ।
