रनवेबाट चिप्लिएर समुद्रमा खस्यो विमान, दुई जनाको मृत्यु

विमानमा सवार चार जना चालक दलका सदस्यहरु जीवित रहेका छन् । उनीहरुको अस्पतालमा उपचार भइरहेको छ ।

कार्तिक ३, २०८२

कान्तिपुर संवाददाता

Plane skids off runway and falls into sea, two dead

काठमाडौँ — हङकङ इन्टरनेशनल एयरपोर्टमा एक कार्गो विमान रनवेबाट चिप्लिएर समुद्रमा खसेको छ । यस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

स्थानीय मिडियाका अनुसार मृतकहरु दुवै जना जमिनमा काम गर्ने कर्मचारी रहेका छन् । विमान उनीहरुको गाडीसँग ठोक्किएपछि समुद्रमा पुगेको थियो । 

विमानमा सवार चार जना चालक दलका सदस्यहरु जीवित रहेका छन् । उनीहरुको अस्पतालमा उपचार भइरहेको छ । 

स्थानीय समयअनुसार सोमबार बिहान ३ बजेर ४० मिनेटमा यो दुर्घटना भएको हो । एमिरेट्सको फ्लाइट ईके ९७८८ दुबईबाट हङकङ जाँदै थियो । यो विमान टर्कीएको कार्गो एयरलाइन एयर एसीटीको बोइङ ७५७–४८१ विमान हो ।

कान्तिपुर संवाददाता

Link copied successfully