ट्रम्पविरुद्ध अमेरिका र यूरोपमा प्रदर्शन, लाखौं मानिस सडकमा उत्रिए

प्रदर्शनकारीहले ‘डेमोक्रेसी नट मोनार्की’ अर्थात लोकतन्त्र राजतन्त्र होइन, संविधान वैकल्पिक होइन लगायतका नारा लेखेका पम्प्लेटहरु बोकेका छन् ।

कार्तिक २, २०८२

कान्तिपुर संवाददाता

Protests against Trump in America and Europe, millions of people take to the streets

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अमेरिकाका कयौं शहरमा हजारौं नागरिक विरोध प्रदर्शनमा उत्रिएका छन् ।

यो प्रदर्शन राजधानी वाशिंगटन डीसी, न्यूयोर्क, शिकागो, मिया र लस एन्जलसलगायतका शहरहरुमा भइरहेको छ । 

प्रदर्शनकारीहले ‘डेमोक्रेसी नट मोनार्की’ अर्थात लोकतन्त्र राजतन्त्र होइन, संविधान वैकल्पिक होइन लगायतका नारा लेखेका पम्प्लेटहरु बोकेका छन् ।

यता ट्रम्पका समर्थकहरुले भने प्रदर्शनकारीहरुको सम्बन्ध अति वामपन्थी संगठन एन्टिफासँग जोडिएको आरोप लगाएका छन् ।

प्रहरीका अनुसार अमेरिकाभित्रै प्रदर्शनमा लाखौं मानिसहरु सहभागी छन् । न्यूयोर्कका मात्र पाँच ठाउँमा भएको विरोधमा एक लाख भन्दा बढी प्रदर्शनकारी सहभागी छन् । ट्रम्पले राष्ट्रपति पदको दुरुपयोग गरेको प्रदर्शनकारीको आरोप छ । कयौं शहरहरुमा गभर्नरको स्वीकृतिबिना नै नशनल गार्ड्सहरु तैनाथ गरिएको छ । 

अमेरिका मात्रै होइन युरोपका कयौं ठूला शहरमा पनि ट्रम्पविरुद्ध विरोध प्रदर्शन भइरहेका छन् ।  बेलायतको लन्डन, इटालीको रोम, क्यानडाको टोरन्टो, जर्मनीको बर्लिन लगायतका ठाउँमा प्रदर्शन भइरहेका छन् । 

कान्तिपुर

Link copied successfully