गाजामा प्यालेस्टिनी नागरिकविरुद्ध ठूलो आक्रमण गर्ने हमासको तयारी छ : अमेरिकी विदेश मन्त्रालय

यस्ता खालका कुनै पनि कदमले युद्धविराम सम्झौतालाई उल्लंघन गर्ने र मध्यस्थताका माध्यमबाट अहिलेसम्म भएको प्रगतिलाई कमजोर पार्ने मन्त्रालयले बताएको छ ।

कार्तिक २, २०८२

कान्तिपुर संवाददाता

Hamas preparing for major attack against Palestinian civilians in Gaza: US State Department

काठमाडौँ — अमेरिकी विदेश मन्त्रालयले गाजामा प्यालेस्टिनी नागरिकविरुद्ध गरिने कुनै पनि आक्रमण युद्धविरामको सम्झौताको उल्लंघन मानिने बताएको छ । 

शनिबार मन्त्रालयले गाजामा प्यालेस्टिनी नागरिकविरुद्ध आक्रमण गर्ने हमासको योजनाबारे विश्वसनीय सूचना प्राप्त भएको भन्दै यदि आक्रमण भए युद्धविरामका सम्झौताको उल्लंघन मानिने चेतावनी दिएको हो । 

यस्ता खालका कुनै पनि कदमले युद्धविराम सम्झौतालाई उल्लंघन गर्ने र मध्यस्थताका माध्यमबाट अहिलेसम्म भएको प्रगतिलाई कमजोर पार्ने मन्त्रालयले बताएको छ । तर यस्ता रिपोर्ट र सूचनासँग जोडिएका अन्य जानकारी भने अमेरिकी अधिकारीहरुले दिएका छैनन् । 

कान्तिपुर

Link copied successfully