राजस्थानको जैसलमेरमा एसी बसमा आगलागी, मृतकको संख्या २० पुग्यो

यसका साथै उनले प्रधानमन्त्री राहत कोषबाट प्रत्येक मृतकका परिवारलाई २ लाख भारतीय रुपैयाँ राहत र घाइतेको उपचारका लागि ५० हजार उपलब्ध गराउने घोषणा पनि गरेका छन् ।

आश्विन २९, २०८२

कान्तिपुर संवाददाता

AC bus fire in Rajasthan's Jaisalmer, death toll reaches 20

काठमाडौँ — भारतको राजस्थानको जैसलमेरदेखि जोधपुर जाँदै गरेको एसी बसमा अचानक आगलागी हुँदा २० यात्रुको मृत्यु भएको छ । 

घटनापछि मुख्यमन्त्री भजनलाल शर्माका साथै घटनास्थल पुगेका विधायक प्रताप पूरीले सञ्चारमाध्यमसँग कुरा गर्दै बसबाट मृतक सबैको शब निकालिएको बताएका छन् । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक्समा लेखेका छन्, ‘राजस्थानको जैलमेरमा दुर्घटनामा भएको जनधनको क्षतिमा दुखी छु । यस्तो कठिन समयमा मेरो समवेदना पीडित परिवारको साथमा छ । घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।’

यसका साथै उनले प्रधानमन्त्री राहत कोषबाट प्रत्येक मृतकका परिवारलाई २ लाख भारतीय रुपैयाँ राहत र घाइतेको उपचारका लागि ५० हजार उपलब्ध गराउने घोषणा पनि गरेका छन् । 

मंगलबार दिउँसो जैसलमेरबाट जोधपुर गइरहेको निजी एसी बसमा अचानक आगो लागेको थियो । यी सबैलाई प्राथममिक उपचारपछि जैसलमेरबाट जोधपुर रेफर गरिएको थियो ।

कान्तिपुर

Link copied successfully