हमासद्वारा जीवित बन्धकलाई हस्तान्तरण गर्न सुरु

उसले घोषणा गरेका २० जनामध्ये पहिलो लटमा ७ जना बन्धक गाजा पट्टीमा रेडक्रसलाई हस्तान्तरण गरिएको छ ।

आश्विन २७, २०८२

कान्तिपुर संवाददाता

Hamas begins handing over alive hostages

काठमाडौँ — प्यालेस्टिनी विद्रोही संगठन हमासले बन्धक बनाएका इजरायली नागरिकहरुलाई ७ सय ३८ दिनपछि सोमबार बिहान नेपालको समय अनुसार ११ बाट हस्तान्तरण गर्न सुरु गरेको छ । 

उसले घोषणा गरेका २० जनामध्ये पहिलो लटमा ७ जना बन्धक गाजा पट्टीमा रेडक्रसलाई हस्तान्तरण गरिएको छ ।

रिपोर्टअनुसार ती सात जनामा गाली र जिभ बर्मन, माटान एङ्ग्रेष्ट, एलोन ओहेल, ओम्री मिरन, एइतान मोर र गाइ गिलबोआ–दलाल रहेका छन् ।

हमासको सैन्य शाखाले हाल गाजा सिटीमा रहेका इजरायली बन्धकहरूलाई रेडक्रसलाई हस्तान्तरण गरिरहेको छ ।

हमासले रिहाई गर्न लागेका २० बन्धकहरुको नाम सार्वजनिक, विपीनको नाम उल्लेख छैन

कान्तिपुर संवाददाता

Link copied successfully