साथै हमासले पाँच वटा नयाँ गभर्नर पनि नियुक्त गरेको छ । उनीहरु सबै सैन्य पृष्ठभूमिका हुन् ।
काठमाडौँ — हमासले आफ्ना करिब सात हजार लडाकू गाजामा फेरि तैनाथ गरेको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार गाजालाई फेरि आफ्नो नियन्त्रणमा लिनका लागि ती लडाकूहरु तैनाथ गरिएको हो ।
हाल इजरायली सेना पछि हटेका स्थानहरुमा हमासले आफ्ना हजारौं लडाकू तैनाथ गरेको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले जनाएको छ ।
साथै हमासले पाँच वटा नयाँ गभर्नर पनि नियुक्त गरेको छ । उनीहरु सबै सैन्य पृष्ठभूमिका हुन् । यीमध्ये केही हमासको सशस्त्र विङ्मा ब्रिगेडको नेतृत्व गरिसकेका छन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार हमासले फोन र अन्य माध्यममार्फत् गाजालाई अपराधीहरु र इजरायलका सहयोगीहरुलाई मुक्त गर्न लडाकूहरु तैनाथ गरिएको सन्देश दिएको छ । केही सादा पोसाक र केही गाजा प्रहरीको निलो बर्दीमा देखिएका छन् ।
