ट्रम्पले चीनविरुद्ध फेरि थपे एक सय प्रतिशत ट्यारिफ

चीनले ९ अक्टुबरमा दुर्लभ खनिज (रेयल अर्थ मेटिरियल)मा निर्यात थप कडा गरेको थियो । जसको जवाफमा ट्रम्पले नयाँ कर थपेका हुन् ।

आश्विन २५, २०८२

कान्तिपुर संवाददाता

Trump again added 100 percent tariffs against China

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि एक सय प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेका छन् । चीनबाट अमेरिका आउने सामानमा पहिलेदेखि नै ३० प्रतिशत ट्यारिफ थियो ।

अब नयाँ थपिएकोसहित चीनबाट अमेरिका निर्यात हुने सामानहरुमा १३० प्रतिशत कर लाग्नेछ । ट्रम्पले शुक्रबार नयाँ कर शुल्क १ नोभेम्बरदेखि लागू हुने जानकारी दिएका छन् । 

नोभेम्बर १ देखि सबै महत्त्वपूर्ण सफ्टवेयरको निर्यातलाई नियन्त्रण गर्नेसमेत कुरा गरेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोशलमा लेखेका छन्, ‘यस विश्वका करिब हरेक देशका लागि समस्या उत्पन्न गर्नेछ ।’

चीनले ९ अक्टुबरमा दुर्लभ खनिज (रेयल अर्थ मेटिरियल)मा निर्यात थप कडा गरेको थियो । जसको जवाफमा ट्रम्पले नयाँ कर थपेका हुन् । 

चीनको उक्त नीति अन्तर्गत चिनियाँ खनिज या प्रविधि प्रयोग गर्ने विदेशी कम्पनीलाई लाइसेन्स लिनुपर्नेछ । चीनले कुनै विदेशी सेनासँग जोडिएको कम्पनीलाई यस्तो प्रकारको लाइसेन्समेत नदिने बताएको छ । 

कान्तिपुर

Link copied successfully