ट्रम्पले गरे फेरि नयाँ ट्यारिफको घोषणा

उनले लेखेका छन्, ‘१ नोभेम्बर २०२५ देखि अन्य देशबाट अमेरिका आउने सबै मध्यम र ठूला ट्रकमा २५ प्रतिशत ट्यारिफ लगाइने छ ।’

आश्विन २१, २०८२

कान्तिपुर संवाददाता

Trump announced new tariffs again

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १ नोभेम्बरदेखि अमेरिकामा आउने सबै मध्यम र ठूला ट्रममा २५ प्रतिशत ट्यारिफ लाग्ने बताएका छन् ।

सोमबार उनले यो घोषणा आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोशलमार्फत गरेका हुन् । उनले आफ्नो पोस्टमा कुनै देशको नाम भने उल्लेख गरेका छैनन् । तर उनले यो ट्यारिफ अन्य देशबाट अमेरिका आउने ट्रकमा लागू हुने बताएका छन् । 

उनले लेखेका छन्, ‘१ नोभेम्बर २०२५ देखि अन्य देशबाट अमेरिका आउने सबै मध्यम र ठूला ट्रकमा २५ प्रतिशत ट्यारिफ लगाइने छ ।’

आफ्नो दोस्रो कार्यकालमा ट्रम्पले अमेरिकाको व्यापार नीतिमा निकै परिवर्तन गरेका छन् । अप्रिल महिनामै सबै देशमाथि १० प्रतिशत ट्यारिफ लगाएका उनले पछि केही देशमा बढाएका थिए ।

कान्तिपुर

Link copied successfully