क्वेटास्थित अर्धसैनिक बल फ्रन्टियर कोरको मुख्यालयनजिक विस्फोट भएको हो ।
काठमाडौँ — पाकिस्तानको बलुचिस्तान प्रान्तको क्वेटामा बम विस्फोट हुँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ । त्यस्तै विस्फोटमा ३२ जना घाइते भएका छन् ।
बीबीसीका अनुसार क्वेटास्थित अर्धसैनिक बल फ्रन्टियर कोरको मुख्यालयनजिक विस्फोट भएको हो । प्रान्तीय सरकारका अनुसार मृत्यु हुने र घाइतेहरूमा सुरक्षा बलका जवानहरू पनि छन् ।
अन्तर्राष्ट्रिय समाचार संस्थाहरूका अनुसार विस्फोटक पदार्थ राखिएको कार विस्फोट गराइएको हो । प्रत्यक्षदर्शीहरूका अनसार कारबाट ४ जना व्यक्ति निस्केर सुरक्षा बलमाथि गोली चलाएपछि कार विस्फोट गराइएको थियो ।
अहिलेसम्म कुनै पनि समूहले विस्फोटको जिम्मा लिएका छैनन् ।
