जेन–जी प्रदर्शनपछि माडागास्करका राष्ट्रपतिद्वारा सरकार भंगको घोषणा

सोमबार एक टेलिभिजनमा सम्बोधन गर्दै एन्ड्री रजोएलिनाले भने, ‘यदि सरकारलाई नागरिकले दिएको जिम्मेवारी पूरा भएको छैन भने हामी यसलाई स्वीकार गर्दै माफी माग्छौं ।’

आश्विन १४, २०८२

कान्तिपुर संवाददाता

After the Gen-G protests, Madagascar's president announced the dissolution of the government

काठमाडौँ — माडागास्करका युवाहरुको प्रदर्शन उग्र बनेपछि राष्ट्रपति एन्ड्री रजोएलिनाले सरकार भंगको घोषणा गरेका छन् ।

कयौं दिनदेखि चलिरहेको युवाहरुको नेतृत्वको प्रदर्शनपछि यस्तो घोषणा भएको हो । यहाँ लामो समयदेखि पानी र विजुली कटौतीविरुद्ध प्रदर्शन भइरहेको थियो । 

सोमबार एक टेलिभिजनमा सम्बोधन गर्दै एन्ड्री रजोएलिनाले भने, ‘यदि सरकारलाई नागरिकले दिएको जिम्मेवारी पूरा भएको छैन भने हामी यसलाई स्वीकार गर्दै माफी माग्छौं ।’

प्रदर्शनका क्रममा हजारौं युवाहरुले गत बिहीबारदेखि राष्ट्रपतिको राजीनामा माग गर्दै आएका थिए । संयुक्त राष्ट्रको मानवअधिकार प्रमुखले यस प्रदर्शनका क्रममा २२ जना मारिएको र एक सय भन्दा बढी घाइते भएक‍ो बताएका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully