यसलाई देशको कुनै पनि कुनामा तैनाथ गर्न सकिने र आवश्यक पर्दा छिट्टै लन्च गर्न सकिने सिंहले जानकारी दिएका छन् ।
नयाँ दिल्ली — भारतको रक्षा शोध संस्थान डीआरडीओ (डिफेन्स रिसर्च एन्ड डेभलपमेन्ट अर्गनाइजेशन)ले मध्यम गतिको अग्नि–प्राइम मिसाइलको सफल परीक्षण गरेको छ । यो मिसाइल रेल आधारित मोबाइल लन्चरबाट प्रक्षेपण गरिएको हो ।
भारतका रक्षामन्त्री राजनाथ सिंहले मिसाइल परीक्षणबारे जानकारी दिँदै भने, ‘नयाँ पिँढीको यो मिसाइलले २ हजार किलोमिटरसम्मको दूरी तय गर्न सक्छ । र यसमा कैयौं आधुनिक फिचरहरु पनि छन् ।’
उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘यस्ता प्रकारको लन्चिङ विशेष रुपमा डिजाइन गरिएको रेल आधारित मोबाइल लन्चरबाट प्रक्षेपण गरिएको यो पहिलो पटक हो ।’
रक्षामन्त्री सिंहले यो प्रणाली रेल नेटवर्कमा कुनै पूर्वतयारी बना नै चलाउनसक्ने पनि बताएका छन् । यसलाई देशको कुनै पनि कुनामा तैनाथ गर्न सकिने र आवश्यक पर्दा छिट्टै लन्च गर्न सकिने सिंहले जानकारी दिएका छन् ।
