कोरियामा कार्यस्थलमा सुरक्षाको प्रबन्ध नगरेको ठहर गर्दै अरिसेलका दुई कार्यकारीलाई १५ वर्ष कैद सजाय

ब्याट्री निर्माता कम्पनी अरिसेलमा गत वर्ष आगलागी हुँदा २३ जना विदेशी श्रमिकको मृत्यु भएको थियो ।

आश्विन ७, २०८२

कान्तिपुर संवाददाता

Two Aricel executives sentenced to 15 years in prison for failing to provide workplace safety in Korea

काठमाडौँ — ब्याट्री निर्माता कम्पनी अरिसेलमा भएको आगलागीमा २३ जनाको मृत्यु भएपछि कम्पनीका प्रमुख कार्यकारी पार्क र सञ्चालन प्रमुख पार्क जुंग–ओनलाई १५ वर्ष कैद सजाय सुनाइएको छ ।

सुवन जिल्ला अदालतले ‘गम्भीर दुर्घटना दण्ड ऐन’ अन्तर्गत करिब एक वर्षको विचारपछि फैसला सुनाएको हो । यो सजाय २०२२ देखि लागू भएको उक्त ऐन अन्तर्गतको सबैभन्दा कडा सजाय हो । यो कम्पनीले कार्यस्थलको सुरक्षाको प्रबन्ध नगर्दा २४ जुन २०२४ मा आगलागी हुँदा २३ जना विदेशी श्रमिकको मृत्यु भएको थियो । जसमा १७ जना चिनियाँ, ५जना कोरियन र एक जना लटियन श्रमिक थिए ।  

अभियोग पक्षका अनुसार, कम्पनीले घाटा बेहोर्दै उत्पादन बढाएको, सुरक्षा बजेट कटौती गरेको, तालिमविहीन विदेशी कामदार खटाएको र आगलागी पूर्वतयारी नगरेको कारण ठूलो जनहानी भएको थियो ।

प्रवासी टेड युनियन, कोरियाका अध्यक्ष उदय राईले औद्योगिक दुर्घटनामा श्रमिकको मृत्यु भई कम्पनी मालिकलाई पहिलोपटक १५ वर्ष जेल सजाय सुनाएको बताए । उनीका अनुसार सबैको निरन्तर पहलकदमीपछि पीडितका परिवारकाले न्याय पाएका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully