गुटेरेसले प्यालेस्टाइनलाई राज्यको मान्यता नदिनु विश्वभरका चरमपन्थीहरुका लागि ‘पुरस्कार’ हुने चेतावनीसमेत दिएका छन् ।
काठमाडौँ — फ्रान्सले संयुक्त राष्ट्रसंघको महासभा मा प्यालेस्टाइनलाई देशका रुपमा मान्यता दिने घोषणा गरेको छ । यसअघि आइतबार बेलायत, क्यानडा, अस्ट्रेलिया र पोर्चुगलले औपचारिक रुपमा मान्यता दिएका थिए ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले यस विषयमा प्रतिक्रिया दिँदै भनेका छन्, ‘स्टेटहुड (राज्य)को दर्जा पाउनु प्यालेस्टिनीको अधिकारी हो, न कि इनाम ।’
गुटेरेसले प्यालेस्टाइनलाई राज्यको मान्यता नदिनु विश्वभरका चरमपन्थीहरुका लागि ‘पुरस्कार’ हुने चेतावनीसमेत दिएका छन् । साथै उनले दुई राष्ट्रको सिद्धान्त नै इजरायल र प्यालेस्टाइनबीच स्थायी शान्तिको एक मात्र बाटो भएकोमा जोड पनि दिएका छन् ।
गुटेरेसले भने, ‘दुई–राष्ट्रको सिद्धान्तमार्फत् हुने समाधान नै इजरायल र प्यालेस्टाइनका नागरिकका लागि स्थायी शान्ति, मध्यपूर्वमा व्यापाक शान्ति र सुरक्षाको एकमात्र विश्वसनिय बाटो हो ।’
आइतबार बेलायत, क्यानडा र अस्ट्रेलियाका तर्फबाट प्यालेस्टाइनलाई देशका रुपमा मान्यता दिएपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यसलाई ‘आतंकवादलाई ठूलो पुरस्कार’ बताएका थिए ।
