बगराम एयरबेस फिर्ता नदिए अफगानिस्तानले भयानक परिणाम भोग्नुपर्ने ट्रम्पको धम्की

केही दिनअघि बेलायत यात्राका क्रममा उनले सरकार अफगानिस्तानमा बगराम एयरबेसलाई फेरि प्राप्त गर्ने कोशिशमा रहेको बताएका थिए ।

आश्विन ५, २०८२

कान्तिपुर संवाददाता

Trump's threat that Afghanistan will suffer dire consequences if Bagram Airbase is not returned

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्थानलाई बगराम एयरबेस नदिए नराम्रो परिणाम भोक्नुपर्ने धम्की दिउका छन् । 

आइतबार ट्रम्पले ट्रुथ सोशलमा लेखेका छन्, ‘यदि अफगानिस्तान बगराम एयरबेस उसको निर्माता अर्थात अमेरिकालाई फिर्ता दिँदैन भने, त्यो निकै भयानक हुनेछ ।’

यसअघि पनि ट्रम्पले बगराम एयरबेस कब्जा गर्ने मनसाय व्यक्त गरेका थिए । केही दिनअघि बेलायत यात्राका क्रममा उनले सरकार अफगानिस्तानमा बगराम एयरबेसलाई फेरि प्राप्त गर्ने कोशिशमा रहेको बताएका थिए । 

उनको उक्त अभिव्यक्तिमा तालिबानले भनेको थियो, ‘इतिहास साक्षी छ, कुनै विदेशी शक्तिलाई हाम्रो जमिनमा कहिल्यै स्वीकार गरिएको थिएन ।’

कान्तिपुर संवाददाता

Link copied successfully