सातवटा युद्ध रोकेको दाबी गर्दै ट्रम्पले भने–मलाई हर एकका लागि नोबेल पुरस्कार दिइनुपर्छ

उनले भारत–पाकिस्तानबीच गत मे मा भएको युद्धसहित अन्य देशहरुबीच चलिरहेका संघर्षहरु रोकेको उल्लेख गर्दै आफूले नोबेल शान्ति पुरस्कार पाउनुपर्ने दाबी गरेका हुन् ।

आश्विन ५, २०८२

कान्तिपुर संवाददाता

Claiming to have stopped seven wars, Trump said - I should be awarded the Nobel Prize for each one

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक नोबेल पुरस्कार पाउनुपर्ने दाबी गरेका छन् । उनले भारत–पाकिस्तानबीच गत मे मा भएको युद्धसहित अन्य देशहरुबीच चलिरहेका संघर्षहरु रोकेको उल्लेख गर्दै आफूले नोबेल शान्ति पुरस्कार पाउनुपर्ने दाबी गरेका हुन् ।

शनिबार राति (अमेरिकी समयअनुसार) एक कार्यक्रममा भने, ‘ट्यारिफ र ट्रेडका कारण हामी सात भिन्न–भिन्न युद्ध रोक्नमा सफल भएका छौं । हामीले भारत–पाकिस्तान, थाइल्यान्ड र कम्बोडियाबीचको युद्ध पनि रोक्यौं ।’

यस्तै अर्मेनिया र अजरबैजान कैयौं वर्षदेखि युद्ध लडिरहेको, भारत–पाकिस्तानबीचको युद्ध व्यापारमार्फत रोकेको कुरा दाबी गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । ट्रम्पले भने, ‘भारत–पाकिस्तान, थाइल्यान्ड–कम्बोडिया, अर्मेनिया–अजरबैजान, कोसोभो–सर्बिया, इजरायल–इरान, मिश्र–इथियोपिया र रुवान्डा–कंगो । हामीले यी सबैको एक अर्काबीच चलिरहेको युद्ध रोक्यौं । यीमध्ये ६० प्रतिशत व्यापारका कारण युद्ध रोकिए । जस्तै हामीले युद्ध भयो भने भारतसँग व्यापार गर्दैनौं भन्यौं ।’

उनले नोबेल पुरस्कारको कुरा गर्दै अघि भने, ‘यी सबै सफलतापछि मलाई भनियो–यदि तपाईं रुस र युक्रेनबीच युद्ध रोक्न सक्नुहुन्छ भने तपाईंलाई नोबेल पुरस्कार दिइनुपर्छ । मैले भने, –बाँकी सातका बारेमा के? । जुन युद्ध मैले रोकेँ,  मलाई हर एकका लागि नोबेल पुरस्कार दिइनुपर्छ ।’

ट्रम्पले कैयौंपटक भारत–पाकिस्तानबीचको युद्ध रोक्न आफ्नो प्रमुख भूमिका रहेको दाबी गर्दै आएका छन् । यद्दपी भारतले उनको हरेक दाबीलाई अस्वीकार गर्दै आएको छ । 

कान्तिपुर

Link copied successfully