उत्कृष्ट कर्मचारीलाई दिइने एच–वान भिसाको शुल्क एक लाख डलर पुर्‍याइयो

आदेशमा हस्ताक्षरपछि ट्रम्पले अमेरिकी टेक कम्पनीहरुको सम्भावित प्रतिक्रियाबारे भने, ‘मलाई लाग्छ यो कदमले उनीहरु निकै खुसी हुनेछन् ।’

आश्विन ४, २०८२

एजेन्सी

The fee for the H-1 visa, given to outstanding employees, has been increased to $100,000

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एच–वान भिसाको आवेदन शुल्क बढाउने आदेशमा हस्ताक्षर गरेका छन् । अब उक्त भिजाको शुल्क वार्षिक एक लाख अमेरिकन डलर हुने भएको छ ।

यसका साथै ट्रम्पले गोल्ड कार्ड भिसा प्रोग्रामको आदेशमा पनि हस्ताक्षर गरेका छन् । कुनै पनि व्यक्तिले गोल्ड कार्ड भिसा प्राप्त गर्नका लागि १० लाख अमेरिकी डलर र कम्पनीका लागि २० लाख डलर राखिएको छ ।

अमेरिकी एच–वान भिसाको सुरुआत सन् ११९० मा भएको थियो । उत्कृष्ट कर्मचारीहरुलाई यस्तो भिसा प्रदान गरिन्छ । यस्तो भिसा प्राप्त गर्ने अधिकारीहरुमा सबैभन्दा धेरै भारतीय गरेका छन् । दोस्रोमा चीनका छन् । 

ट्रम्प प्रशासनले एच–वान भिसामा यो कदम नयाँ आप्रवासन नीति अनुसार अघि सारेको हो । गैर अमेरिकी नागरिकले अमेरिकी नागरिकको रोजगारी खोसिरहेको आरोप लगाउँदै आएका ट्रम्पले नयाँ शुल्क लागू गरेपछि एच–वान भिसामा आउनेहरुको संख्या घट्ने दाबी गरेका छन् । 

आदेशमा हस्ताक्षरपछि ट्रम्पले अमेरिकी टेक कम्पनीहरुको सम्भावित प्रतिक्रियाबारे भने, ‘मलाई लाग्छ यो कदमले उनीहरु निकै खुसी हुनेछन् ।’

के हो एच–वान भिसा?

उत्कृष्ट कर्मचारीहरुका लागि सन् १९९० देखि सुरु भएको एच–वान भिसा कार्यक्रम अन्तर्गत प्राप्त हुने भिसाको संख्या सन् २००४ मा ८४ हजार बनाइएको थियो । 

यो भिसा चिट्ठामार्फत् जारी गरिन्छ । अहिलेसम्म एच–वान भिसाको कूल प्रशासनिक शुल्क १ हजार ५ सय डलर थियो । 

यूएस सिटिजनशिप एण्ड इमिग्रेशन सर्भिसको तथ्याकअनुसार आगामी आर्थिक वर्षका लागि एच–वान भिसाको संख्या घटेर ३ लाख ५९ हजार पुगेको छ । गत चार वर्षको सबैभन्दा कम तथ्यांक हो यो ।

ट्रम्पको कठोर आप्रवासन नीतिका कारण भिसा आवेदनको संख्यामा पनि कमी आएको छ । अमेरिकी सरकारको तथ्यांक अनुसार गत आर्थिक वर्षमा यसको सबैभन्दा बढी फाइदा टेक कम्पनीहरु अमेजन, मेटा, टाटा, एप्पल र गुगललाई भएको अन्तर्राष्ट्रिय सञ्चार संस्था बीबीसीले उल्लेख गरेको छ । 

एजेन्सी

Link copied successfully