अमेरिकासँगको सम्बन्ध सकारात्मक रहेको भारतका प्रधानमन्त्री मोदीको भनाइ

‘राष्ट्रपति ट्रम्पको भावना र हाम्रो सम्बन्धको सकारात्मक मूल्यांकनको गहिरो प्रशंसा र पूर्ण रूपमा मूल्यांकन गरियोस्,’ मोदीले सामाजिक सञ्जाल ‘एक्स’ मा लेखेका छन्, ‘भारत र संयुक्त राज्य अमेरिकाबीच धेरै सकारात्मक र व्यापक अग्रगामी र विश्वव्यापी रणनीतिक साझेदारी रहेको छ ।’

भाद्र २१, २०८२

एजेन्सी

Indian Prime Minister Modi's statement that relations with America are positive

What you should know

नयाँदिल्ली — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो व्यक्तिगत मित्रतालाई दोहोर्‍याएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि शनिबार नयाँदिल्ली र वासिङटनबीच अझै पनि ‘निकै सकारात्मक’ सम्बन्ध रहेको बताएका छन् ।

भारतले रुसी तेल किनेर युक्रेनमाथि रुसले गरेको घातक हमलालाई बढावा दिएको आरोप लगाउँदै आएको वासिङटनले त्यसको प्रतिक्रियामा भारतीय वस्तुको आयातमा ५० प्रतिशतसम्म अतिरिक्त कर लगाएपछि दुई देशबीच पछिल्लो महिनादेखि सम्बन्ध चिसिएको थियो । जबकि त्यसअघि राष्ट्रपतिमा ट्रम्पको पहिलो कार्यकालदेखि नै मोदीले बलियो सम्बन्ध कायम राखेको विश्वास गरिएको थियो ।

‘राष्ट्रपति ट्रम्पको भावना र हाम्रो सम्बन्धको सकारात्मक मूल्यांकनको गहिरो प्रशंसा र पूर्ण रूपमा मूल्यांकन गरियोस्,’ मोदीले सामाजिक सञ्जाल ‘एक्स’ मा लेखेका छन्, ‘भारत र संयुक्त राज्य अमेरिकाबीच धेरै सकारात्मक र व्यापक अग्रगामी र विश्वव्यापी रणनीतिक साझेदारी रहेको छ ।’ यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै आफू सधैं मोदीको मित्र रहने बताएका थिए । ‘भारत र अमेरिकाबीच विशेष सम्बन्ध छ । चिन्ता गर्नुपर्ने कुनै कारण छैन,’ ट्रम्पले भने । उनले यसअघि भारतलाई ‘चीनसँग हारेको’ भन्ने आफ्नो पहिलेको टिप्पणीलाई सुधार गर्दै भारतसँग विशेष सम्बन्ध रहेको बताएका हुन् ।

गत साता मोदीले ‘सांघाई को–अपरेसन अर्गनाइजेसन’मा भाग लिन चीन भ्रमण गरेपछि ट्रम्प भारत र मोदीसँग चिढिएका थिए । अमेरिकासँग व्यापार सम्बन्ध बिग्रिरहेको परिप्रेक्ष्यमा मोदी सात वर्षपछि पहिलो पटक चीन भ्रमणमा निस्किएका थिए । गत मे महिनामा आणविक शक्ति सम्पन्न छिमेकी राष्ट्रहरू भारत र पाकिस्तानबीच दशकयताकै सबैभन्दा ठूलो द्वन्द्व भएपछि त्यसमा शान्ति कायम गराउन ट्रम्पले नै मध्यस्थता गरेका थिए । कश्मीरमा तेस्रो पक्षको मध्यस्थतालाई ठाडै अस्वीकार गरेको भारतले त्यसयता ट्रम्पसँगको सम्बन्धमा सान्निध्यता देखाएको थिएन ।

एजेन्सी

Link copied successfully