हमासले फेरि सार्वजनिक गर्‍यो बन्धकहरुको भिडियो

सबै बन्दीहरुलाई सुरक्षित फिर्ता ल्याउन गाजामा पूर्ण नियन्त्रण नै अन्तिम विकल्प भएको इजरायलको भनाइ

भाद्र २१, २०८२

कान्तिपुर संवाददाता

Hamas released the video of the hostages again

काठमाडौँ — प्यालेस्टिनी अतिवादी संगठन हमासले एक भिडियो जारी गरेको छ । जसमा दुई इजरायली बन्धक देखिएका छन् ।

हमासले ७ अक्टुबर २०२३ मा इजरायलमा आक्रमण गरी १२ सयभन्दा बढी नागरिकको हत्या गरेपछि बन्धक बनाइएकाध्ये दुई जनाको भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

भिडियोमा गाइ गिलबोआ–दलाल अगस्टको अन्तिमसम्म गाजा शहरमा रहेको बताइएको छ । साथै भिडियोमा अन्य ८ जनालाई पनि बन्दी बनाइएको सुनिन्छ । र जमिनबाट इजरायली सैनिकको आक्रमणका बावजुद पनि ती बन्धकहरुलाई त्यहिँ राखिने बताइएको छ । 

भिडियोमा एक अर्का बन्धक अलोन ओहेल पनि देखिएका छन् । यसअघि पनि हमासले इजरायली बन्धकको भिडियो शेयर गरेको थियो । विश्वभरका नेता र पीडित परिवारले प्रोपोगान्डा बताउँदै यसको निन्दा गरेका थिए ।

इजरायल सरकारको क्याबिनेटमा दक्षिणपन्थी मानिने राष्ट्रिय सुरक्षामन्त्री इतेमार बेन–ग्वेरले गाजालाई पूर्ण रुपमा कब्जा गर्नु नै अन्तिम विकल्प रहेको बताएका छन् । पूरै नियन्त्रणपछि मात्रै बन्धकहरुलाई सुरक्षित फिर्ता ल्याउन सकिने उनले बताएको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले जनाएको छ । 

कान्तिपुर

Link copied successfully